हेटौंडामा ट्रकको ठक्करबाट एक जना महिलाको घटनास्थलमै मृत्यु

हेटौंडा, तातोखबर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ शान्तिटोलमा आइतबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ बर्षीया नीरा बजगाईं रहेकी छिन् ।
कान्तिलोकपथ सडकखण्डमा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लिएर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नम्बरको ट्रकले बजारबाट सामान किनेर फर्कने क्रममा सडक किनाराबाट पैदल हिडिरहेको अवस्थामा ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
सोही घटनाबारे पीडित पक्षले प्रहरीमा दिएको जाहेरी अनुसार तीब्र गतिमा आउदै गरेको उक्त ट्रकले मृतकलाई ठक्कर दिएर करिब ५ मिटर परसम्म घिसारी विद्युतको पोलमा समेत ठोकिएपश्चात क्षतविक्षेत हुने गरी मृत्यु भएपछि चालकले गाडि भगाउदा प्रत्यक्षदर्शीहरुले नम्बर पहिचान गर्न नसकेको तर एक जना स्कुटर चालकले ट्रक अगाडि गई रोक्न खोज्दा नरोकिएपछि स्कुटरचालक र नजिकको प्रहरी कार्यालयको सहयोगमा ट्रक चालकलाई नियन्त्रण लिईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस