स्कुटरको ठक्करबाट १ जनाको मृत्यु

मकवानपुर – हेटौंडामा स्कुटरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौँडा – १७, बाबुचोकमा शुक्रबार स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हर्नामाडी ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको थियो ।

Advertisement:

स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौँडा अस्पतालमा उपचारको क्रममा शुक्रबार साझनै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले स्कुटर चालक हेटौँडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application