त्रिविको उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन गरिएको छ ।
उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरिएको हो ।
प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री राईको संयोजकत्वमा कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, गठित कमिटीको अन्य सदस्यहरुमा क्रमशः सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरे रहेका छन् ।
त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सो पद रिक्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस