भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा साढे २६ हजार घर पूर्ण क्षति

काठमाडौं । गत कत्तिक १७ गते शुक्रबा राति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मात्रै झण्डै साढे २६ हजार घर पूर्ण क्षति भएको छ ।
भस्कम्पबाट रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त भूकम्पबाट ११ जिल्लामा प्रभाव परेको थियो ।
ती सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ मध्ये रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।
जसमध्ये जाजरकोटमा ९ हजार ७९४ घर र रुकुमपश्चिममा १६ हजार ५७० वटा घर पूर्ण क्षति भएको हो ।
उक्त शाखाका अनुसार, भूकम्पबाट ती सबै जिल्लामा गरी आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । तीमध्ये जाजरकोटमा २४ हजार ७०७ वटा रहेका छन् भने रुकुमपश्चिममा ९ हजार ९६१ वटा रहेका छन् ।
त्यस्तै, सल्यानमा १५१ वटा, रोल्पामा २५ वटा, दैलेखमा एक घर, बैतडी र कालिकोटमा एक–एक र जुम्लाका ५ घरमा पूर्ण रुपमा क्षति भएको हो ।
उक्त भूकम्पमा परेर जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस