विद्युत प्राधिकरणद्वारा विभिन्न पदमा चारसय कर्मचारी माग

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा झण्डै चारसय कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दसौँ तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

प्राधिकरणले दसौँ तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

Advertisement:

यसैगरी प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ। योग्यता पुगेका व्यक्तिहरूले मंसिर  १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application