ट्रंक लाइन विद्युत महसुल: छानबिन समिति गठन गर्ने सरकारको कदमलाई चेम्बरले गर्‍यो स्वागत

nepal-chamber-of-commerce-tatokhabar

तातोखबर, काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ।

उच्चस्तरीय न्यायिक आयोग गठनमार्फत विद्युत महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको पनि चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Advertisement:nepal-chamber-of-commerce-tatokhabar

नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा ‘लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलबारे विद्युत प्राधिकरण र उद्योगीहरुबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने देखिएको थियो। ढिलै भए पनि समस्या समाधान हुनेमा विश्वस्त छौँ’ उल्लेख गरिएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले निर्धारित समयमा आफ्नो छानबिन पूरा गरी न्याय निरुपण गर्ने चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य रहेको भन्दै चेम्बरले लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवैको भूमिका उत्तिकै जिम्मेवार हुने बताएको छ।

प्राधिकरण र उद्योगीबीच समस्या समाधान गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुल विवादमा दिर्घकालीन समस्या समाधान खोज्नसमेत चेम्बर अफ कमर्सले छानबिन समितिसमक्ष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application