बागमती प्रदेशका २७ विद्यालयलाई बस खरिदमा अनुदान

काठमाडौ – बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो ।
निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले विद्यालय बस खरिद गर्न मन्त्रालयले २७ वटा विद्यालयलाई प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिने बताउँदै चालु आर्थिक वर्षभित्रमा बस खरिद गरिसक्नुपर्ने बताउनुभयो ।
अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका करहरु विद्यालयले छुट पाउने व्यवस्था रहेको छ । निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत पहिलो चरणमा र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिइने छ ।
चालु आवका लागि विद्यालयलाई बस खरिदमा अनुदानमा दिन ६ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको छ । गत आवमा विभिन्न जिल्लाका २४ वटा विद्यालयले मात्र बस खरिदवापत अनुदान पाएका थिए । गोर्खापत्रबाट ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस