मकवानपुर प्रहरीद्वारा अवैध चिनी र पटका बरामद



मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई पिपल चौतारास्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध चिनी र पटका बरामद गरेको छ ।

प्रहरीले चिनी १ बोरा अन्दाजी ५० किलो, नागिन पटका १२ वटा पोका (८,४०० पिस ),चक्कर पटका १ प्याकेट (१० पिस), बुलेट बम पटका –२ प्याकेट (२० पिस) र फूल कोन पटका १ प्याकेट (८ पिस) बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, मंगलबार बिहान सवा ९ बजेको समयमा विरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको बा ४९ प १२८० नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चिनी र पटका बरामद गरेको हो ।

बरामद चिनी र पटकालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको