इतिहासमा ५ पटक रिलिज भएको एउटै फिल्म
२५ वर्षअघि भारतमा एउटा ब्लकबष्टर फिल्म रिलिज भएको थियो । यो फिल्म दिलवाले दुल्हनिया ले जाएंगे, गदर र मुगल–ए–आजमकै स्तरको फिल्म थियो ।
यो फिल्मको क्रेज यस्तो थियो कि निर्माताहरुले यो फिल्म ५ पटक रिलिज गरेका थिए । सिनेमा इतिहासको यो दूर्लभ घटना थियो । आमिर खानको यो फिल्मले उनको शुरुआती करियरका २५ फिल्मले भन्दा दुई गुणाभन्दा धेरे कमाई गरेको थियो ।
यो फिल्म थियो सन् १९९६ मा रिलिज भएको राजा हिन्दुस्तानी । यो फिल्मको नाम अहिले पनि डीडीएलजे, गदर जस्ता बलिउडको अल–टाइम हिट फिल्ममा आउँछ । यो फिल्मको पाँच ओटा रिलिज डेट थियो । अर्थात् यो फिल्म ५ पटक रिलिज भएको थियो । देश दुनियाँमा फरक फरक ५ मितिमा रिलिज भएको यो इतिहासकै पहिलो फिल्म भएको फिल्मका निर्देशक धर्मेश दर्शनले भनेका थिए ।
यो फिल्मको गीत निकै चर्चित भएका थिए । करिष्मा कपुर र आमिर खानको जोडीलाई पनि निकै रुचाइयो । यो फिल्म दुबैको करियरको सबैभन्दा ठुलो हिटमध्येमा पर्दछ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार राजा हिन्दुस्तानी ५ करोड ७५ लाख रुपयाँमा बनेको थियो ।
फिल्मले संसारभरमा ७६ करोड ३४ लाख रुपैयाँको व्यापार गरेको थियो । धर्मेश दर्शनले करियरमा जम्मा ७ फिल्म निर्देशन गरेका थिए । यीमध्ये राजा हिन्दुस्तानी सबैभन्दा ठुलो हिट थियो ।एजेन्सी
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

