चिसोमा जनता जोगाए व्यवस्था आफैं जोगिने रवि लामिछानेको दावी

rabi-lamichhane-rsp-tatokhabar-tato-khabar

काठमाडौँ,  बढ्दो चिसो र त्यहिमाथी पनि भूकम्पपीडितले भोग्नु परेको पीँडामा रहेका जनता जोगाए व्यवस्था आफैं जोगिने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । गणतन्त्र पक्षधर पार्टीहरूको बैठकप्रति आक्रोश व्यक्त गर्दै उक्त दावी गरेका हुन् ।

बैठक बसेर व्यवस्थाबारे चिन्ता गर्नुको साटो भूकम्पपीडितलाई राहत दिए व्यवस्था आफै जोगिने दावी गर्दै सभापति लामिछानेले उद्धार कार्य उत्कृष्ट भए पनि राहत वितरण सही नभएको बताए । उनले भनेका छन्, ‘आदरणीय “सर्वदलीय हेड सर” हरू यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्याङ्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था र परिवर्तन आफै जोगिन्छ ।’

Advertisement:rabi-lamichhane-rsp-tatokhabar-tato-khabar

सभापति लामिछानेले भूकम्प गएका क्षेत्रमा सुत्केरीहरूको जिउ सुन्निएको, अस्थायी शौचालय नभएको, पुरिएका चौपायाका कारण महामारी फैलने डर भएको, जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसकिएको अवस्थामा गणतन्त्रको चिन्ता गरेर व्यवस्था र परिवर्तन गर्नु व्यर्थ भएको बताए । उनले अगाडि भने ‘तपाईँहरूले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ ।’

‘फेरि पनि भन्छु,व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस्’ लामिछानेले भने ‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए । उद्धार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application