सिस्नुपानीको देउसी कार्यक्रम स्थगित

काठमाडौं : सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ।
हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो। सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिए।
आचार्यले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
सिस्नुपानीले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुन:स्थापनाका लागि सहयोगको आह्वान पनि गरेको छ।
सिस्नुपानी नेपालले हरेक वर्ष तिहार राजनीतिकर्मी तथा समाजका अन्य अन्य प्रतिष्ठित व्यक्ति भेला गरे व्यंग्यात्मक देउसी खेल्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस