मिटरब्याज पीडित र स्थानीयबीच झडप हुँदा २१ जना घाइते

हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।

Advertisement:

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । त्यसक्रममा झडप भएको उनले बताए । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

घाइते हुनेहरुमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय छन् । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले पनि घटनाको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application