जुवा खालबाट १३ जना पक्राउ

Pakrau

कैलाली – धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हहार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

Advertisement:Pakrau

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application