जाजरकोट भूकम्पका परेर मृत्यु भएकामध्ये ७८ बालबालिका

जाजरकोट – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकामध्ये सबैभनदा धेरै बालबालिका रहेको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त भूकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये ७६ जना बालबालिका रहेको पाइएको हो ।
जसमा जाजरकोटका ५० र रुकुम पश्चिमका २८ जना बालबालिका रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये बालक २७ र बालिका २३ जनाको रहेका छन् भने रुकुम पश्चिममा मृत्यु भएका ५२ जनामध्ये २८ बालबालिका हुन् ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमसहित ११ वटा जिल्ला प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस