बसको ढोकाबाट लडेर भट्टराईको मृत्यु

चितवन – चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी पुल छेउमा सोमबार दिउँसो यात्रुबहाक बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर भट्टराई गम्भीर घाइते भएका थिए । घाइते उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस