भूकम्पबाट ११ जिल्ला प्रभावित

जाजरकोट – जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् ।
भूकम्पमा परेर जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान जिल्ला प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै १०५ र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।
भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र २ हजार ८ सय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।
भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका ८७४ जना, सशस्त्रका ४८५ जना र सेनाका २०२ जना परिचालित गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस