गोबर ग्यासको टयाङ्की सफा गर्ने क्रममा आगलागी हुँदा राई घाइते
हेटौंडा– हेटौंडामा गोबर ग्यासको टयाङ्की सफा गर्ने क्रममा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा – ६ स्थित हातिलेट बस्ने २६ वर्षीय समित राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, छिमेकीको गोबर ग्यासँको टयाङ्की सफा गर्ने क्रममा टयाङ्की भित्र बसी आफैँ चुरोट सल्काउन खोज्दा एक्कासी शरीरमा आगो लागी घाइते भएका थिए । घाइते अवस्थामा निजको दाइले उपचारका लागि हेटौंडा अस्पताल लगेका र थप उपचारका लागि काठमाडौ वीर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

