जाजरकोट भूकम्प : जाजरकोट पुगेर प्रधानमन्त्रीले घाइतेलाई भेटे

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् ।

उनले खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् ।

Advertisement:

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् ।

प्रधानमन्त्री संग पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको नलगाड शक्तिबहादुर बस्नेतको गाउँ हो ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा १२८ बढीको मृत्यु भइसकेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस् :