भूकम्पले जाजरकोटमा ३४ र रुकुममा ३६ जनाको मृत्यु



काठमाडौ – मध्यरातीको भूकम्पमा परेर पश्चिमी रुकुम  र जाजरकोटमा मात्रै कम्तिमा ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
शनीबार विहान पाँच बजेसम्म रुकुम पश्चिममा  मात्रै ३६ जनाको मृत्यु भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हिमालखबरलाई जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग टिपेको विवरण अनुसार ५३ जना भाइते भएको पन्तले बताए।

त्यस्तै जाजरकोटमा ३४ जनाको .ज्यान गएकोे पुष्टी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए। गम्भिर घाइते ८ जनालाई सुर्खेत पठाइएको छ भने २१ जनाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार चलिरहेको छ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्नीच्युृडको भूकम्प गएको थियो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद