भूकम्पले जाजरकोटमा ३४ र रुकुममा ३६ जनाको मृत्यु

काठमाडौ – मध्यरातीको भूकम्पमा परेर पश्चिमी रुकुम र जाजरकोटमा मात्रै कम्तिमा ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
शनीबार विहान पाँच बजेसम्म रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हिमालखबरलाई जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग टिपेको विवरण अनुसार ५३ जना भाइते भएको पन्तले बताए।
त्यस्तै जाजरकोटमा ३४ जनाको .ज्यान गएकोे पुष्टी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए। गम्भिर घाइते ८ जनालाई सुर्खेत पठाइएको छ भने २१ जनाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार चलिरहेको छ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्नीच्युृडको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस