मकवानपुरमा मिनीट्रक दुर्घटना: घाइते सहचालकको मृत्यु

हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा भएको मिनीट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा रहेका छन् ।
हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ७ बजे ५६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक ९पानीलोड० आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा लामा र चालक बकैया गाउँपालिका वडा नं।७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा घाइते भएका थिए ।
सापकोटाको टाउँकोमा मध्यम र लामा टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको थियो । घाइते सापकोटाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस