सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

काठमाडौ – राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जकाे न्यूराेडबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले नेपालप्रेसलाई बताए । उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियाे । उनलाई न्यूराेडबाट पक्राउ गरेकाे हाे । ‘
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस