प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै

काठमाडौ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल जादै हुनुहुन्छ । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल जानुहुने भएको हो ।
बिहीबार बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा हुन भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्नुहुने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिनुभयो ।
यसै गरी दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम तय भएको पार्टीका जिल्ला संयोजक निर्मल जिसीले बताउनुभयो । कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा आयोजना गरिएको छ । यी विभिन्न कार्यक्रममा सहभागीताका लागि माओवादी रुपन्देहीले लुम्बिनी प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई बुटवलमा उपस्थित हुन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस