वतृत्वकला प्रतियोगितामा न्यौपाने प्रथम

हेटौंडा – स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वतृत्वकला प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका छात्र सुनिल न्यौपाने प्रथम भएका छन्  ।

हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो दिनको दोस्रो  कार्यक्रममा  वनविज्ञान अध्ययन संस्थान हेटौंडा-१० का छात्रा कृतिका लौडरी दोस्रो भएकी थिइन् र मकवानपुर बहुमुखी क्याम्पसका छात्र उचित बजगाईं तृतीय भएका थिए । उनीहरुलाई नगदसहित प्रमाणपत्र एवम् पुरस्कार समापनको दिन प्रदान गरिने छ।

पवित्रा गुरुङको संयोजकत्वमा भएको प्रतियोगिता कार्यक्रममा सहभागीले देशको आर्थिक सुधारमा युवाको भुमिका भन्ने शिर्षकमा आ-आफ्नो धारणा राखेका थिए ।

Advertisement:

लेडी जेसीजकि  अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :