मुख्यमन्त्री जम्मकट्टेको अभिव्यक्तिप्रति एमाले बागमतीको आपत्ती

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति नेकपा एमाले बागमतीले आपत्ती जनाएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले गत असोज ३ गते भक्तपुरको मध्यपुरथिमिमा नेकपा माओवादी केन्द्र मध्यपुर नगर समितिद्वरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए ।
उनले प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ र प्रदेश राजधानी हेटौंडा परिवर्तन गरेर धुलिखेल राख्नुपर्ने बताएका थिए । साथै उनले नाम र राजधानी परिवर्तन प्रदेश सभाको क्षेत्राधिकार रहेकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस