मकवानपुरमा गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म

मकवानपुर – मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा गत आइतबारबाट संचालन भएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म हुने जनाएको छ ।
प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गने कार्य आजसम्म हुने मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले तु खबरलाई जानकारी दिए ।
उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि १३७ जना प्रहरी टोली परिचालन गरेको थियो । ती टोली आज बेलुका फर्कने भएका हुन् ।
ती प्रहरी टोली फर्किएपछि केही दिनपछि फेरी अर्को टोली परिचान गरी गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यलाई तीब्रता दिइने उनले बताए ।
हाल परिचालित प्रहरी टोलीले आइतबार ३ बिगाहा, ८ कठ्ठा, सोमबार ६१ बिगाहा, ३ कठ्ठा र मंगलबार ५७ बिगाहा १५ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस