हेटौंडा उपमहानगरद्वारा सहकारीको अनुगमन

हेटौंडा – आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुझ्न हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ ।
उपमहानगर क्षेत्रमा रहेर कारोबार गरिरहेका सहकारीको पारदर्शिता, आर्थिक विश्वसनियता एवम् सहकारीलाई परेको समस्याको बारेमा बुझ्न उपमहानगरपालिकाले मंगलबारबाट अनुगमन थालेको हो । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ नेतृत्वको टोलीले पहिलो दिन ७ वटा सहकारीको अनुगमन गरेको छ ।
अनुगमनमा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरिरहेको कारोबारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वासनियता, बजेट खर्चको शैली लगायतका विषयमा जानकारी लिएका थिए ।
अनुगमन टोलीले हेटौंडा–२ को साईराम, परिचय, हेटौंडा–१ को अग्रगति, हेटौंडा–१० को सुख समृद्धि, हेटौंडा–७ को हेटौंडा, सृजना बचत तथा ऋण र हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी सस्थाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानीय तहबाट समाधानका लागि हुनसक्ने सहजीकरणको उपायका बारेमा छलफल समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस