हमासको आक्रमणमा परी घाइते २ जना नेपाली विद्यार्थी डिस्चार्ज

काठमाडौं – हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जनाको उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।
घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उनको भनाई छ ।
गत शनिबार गाँजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा परेर अझै एक जना बेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस