हेटौंडा वडा नम्बर–४ ले ‘क्रिक्सल’ प्रतियोगिता गर्दै

हेटौंडा- मकवानपुर जिल्लामा पहिलो पटक खुल्ला ६ ए साईड क्रिकसल प्रतियोगिता हुने भएको छ । हिन्दूहरुको महान चाड विजयादशमी, शुभ दीपावलीको पावन अवसरमा हेटौंडा वडा नम्वर ४ को आयोजनामा यही असोज २८ र २९ गते हेटौंडामा क्रिकसल प्रतियोगिता हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको थियो ।
‘हेटौंडा ४ नम्वर वडाले विभिन्न क्षेत्रमा नयाँ कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले भने –‘क्रिकेट खेललाई प्रबद्र्धन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक क्रिकसल प्रतियोगिता आयोजना गर्न लागेका छौँ । प्रतियोगिता हेटौंडाको फुटसल मैदानमा हुनेछ।’
प्रतियोगितामा २५ वटा क्लवको सहभागीता रहने कार्यक्रम संयोजक निरज सिंह ठकुरीले जानकारी दिए । प्रतियोगिताको प्रत्येक टिमबाट ६ जना खेलाडी समावेश हुनेछन् । प्रतियोगितामा प्रथम, द्वितीयहुनेले क्रमश : नगद २५ हजार, १५ हजार रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुईदिन सम्म सञ्चालन हुने प्रतियोगिताको खर्च १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस