बागमती प्रदेशसभाको बैठक स्थगित, भोली ४ बजे बस्ने

हेटौंडा – बागमती प्रदेशसभाको सोमबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ । सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ढिलो गरि शुरू भएपनि ६ मिनेट ४८ सेकेन्ड बसेर स्थगित भएको हो ।

बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका थिए ।

Advertisement:

यसअघि, नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले ईजराईल र प्यालेस्टाइन युद्धमा परेका नेपालीहरूको यथार्थ अवस्था सार्वजनिक गर्न घाइतेहरू उपचारको व्यवस्था गर्न लागि प्रदेश सरकारमार्फत संघीय सरकारसंग माग गरेका थिए ।

अर्को बैठक सोमबार अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस् :