थाहानगरमा पहिलो पटक नगर प्रहरी

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले पहिलो पटक नगरप्रहरी भर्ना गरेको छ । नगरप्रहरी सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० अनुसार थाहाले नगर प्रहरी भर्ना गरेको हो ।
स्थानीय तहले आफ्नो छुट्टै गाउँ तथा नगर प्रहरी भर्ना गर्न पाउने अधिकारअन्तर्गत थाहा नगरपालिकाले पनि कार्यविधि निर्माण गरि नगरप्रहरी भर्ना गरेको उपमेयर भरत गोपालीले जानकारी दिए ।
उपमेयर गोपालीका अनुसार नगरपालिकाले एकजना सहायक नगर प्रहरी निरीक्षकसहित २ जना हवल्दार र ७ जवान गरी १० जना नगर प्रहरी भर्ना गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबिच नगरप्रहरीहरुलाई नगरपालिकाका मेयर बिष्णुबहादुर विष्टले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह र उप–प्रमुख भरत गोपालीलले प्रमाणपत्र प्रदान गरेका थिए ।
लिखित, मौखिक र शारीरिक परीक्षा पास भएका नगरप्रहरीहरुलाई इलाका प्रहरी कार्यालय पालुङले १० दिने आधारभुत प्रहरी प्रशिक्षण तालिम दिएपछि नगरपालिकाले बिहीबार जिम्मेवारी प्रदान गरिएको उपमेयर गोपालीले बताए ।
उपमेयर गोपालीले नगरप्रहरीले बजार अनुगमत तथा व्यवस्थापन, छाडा चौपाय नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण तथा नगरभित्र भैपरी आउँने आपतकालिन उद्धारको जिम्मेवारी सम्हाल्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस