थाहामा वडास्तरीय फुटबलको शुक्रबार सेमिफाइनल खेल हुने

राजकुमार के.सी.

थाहानगर, ११ माघ/थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाईनल चरणको खेल सकिएको छ ।

Advertisement:

शुक्रबार सेमिफाइनल चरणको खेल हुने खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीले बताए ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि  सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा बिहिबार भएको क्वाटर फाईनल चरणको पहिलो खेल वडा नम्बर ८ र ११ बिच भएको थियो ।

यस खेलमा वडा नम्वर ११ ले वडा नम्बर ८ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ११ का रोशन बल भएका थिए ।

त्यस्तै क्वाटर फाईनल चरणको दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १२ लाई  ५-१  गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का शुभराज गोले भएका थिए । उनले उक्त खेलमा ३ गोल गरेका थिए ।

क्वाटरफाईनल चरणकै तेस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ४ लाई  १-०  गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का मनिष अमात्य भएका थिए ।

सेमिफाइनल अन्तरगत शुक्रवार पहिलो खेल वडा नम्बर ३ र ७ बीच र दोस्रो खेल वडा नम्बर १ र ११ का बिच हुने खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीले बताउनुभयो ।

माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोश्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिनुभयो । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application