बझाङ भुकम्प: घर पूर्णरुपमा क्षति भएकालाई तत्काल ५० हजार राहत दिने



काठमाडौं – बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप सरकारले ५० हजार रुपैयाँ राहत दिने भएको छ ।

भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् ।

यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च दिने भएको छ ।

राहत सामग्रीहरू जस्तैः पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

साथै भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाएको जनाइएको छ । यस्तै, भूकम्पमा परेर मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ