भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु

लमजुङ- मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ वर्षीय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।
उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।
बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागी मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।
राति करिब ३ बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्सपेक्टर पुष्कर कार्कीले जानकारी दिए ।
डेभिजको शवलाई पेष्टमार्टमको लागी एयर डाइमेक्टिक हेलिकप्टरमार्फत बिहीबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस