भ्रष्टाचार अन्त्य गर्न सांसदको माग

काठमाडौँ, १८ असोज / राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यका लागि माग गरेका छन् । बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे ।
राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उनले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गरिन् । उनले भनिन्, ‘भ्रष्टाचार कहाँदेखि सुरु भयो ? र कसरी मौलाउँदै गइरहेको छ ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।’
भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिईन् । उनले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिईन् । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उनको जोड छ ।
‘वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु’, उनले भनिन् । सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘दसैँ कसरी मान्ने ? जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन, त्यतातिर सरकारको ध्यान गएको छैन ।’
— रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस