आठ वर्षीया बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

तनहुँ – नाबालिका बहिनी  बलात्कार मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । तनहुँ जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिका बलात्कार अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आठ वर्षीय सहोदर बहिनीलाई जबरजस्ती करणी मुद्दामा अभियुक्त बालक भएकाले ५० प्रतिशत छुट गरी १४ वर्ष छ महिना कैद हुने गरी फैसला भएको छ । आरोपितले बैनीलाई २०७० साल चैत २५ गते बलात्कार गरेको भन्दै आमाले नै इलाका प्रहरी भानुमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement:

 

प्रतिक्रिया दिनुहोस् :