सिक्किमको बाढीमा १४ जनाको मृत्यु, १ सय २० जना बेपत्ता

एजेन्सी – सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन् ।
बुधबार बिहान परेको भारी वर्षापछि सिक्किमको ग्लेशियर तालले आफ्नो किनार भत्काएर अचानक बाढी निम्त्याएको थियो।
हिन्दुस्तान टाइम्सले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ कि मृत्यु हुनेको संख्या बढ्न सक्छ।
लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।
बाढीका कारण उक्त क्षेत्रमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेको र उनीहरुको सकुशल उद्दारका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस