बागमती प्रदेश सभाको एम्बुलेन्स हेटौंडा अस्पताललाई हस्तान्तरण

मकवानपुर – बागमती प्रदेश सभाको स्वामित्वमा रहेको एम्बुलेन्स बुधबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
प्रदेश सभाका सदस्यहरुलाई आकस्मिक रुपमा उपचारको लागि हेटौंडालगायत विभिन्न अस्पतालमा पुर्याउने उद्देश्यका साथ प्रदेश सभा सचिवालयले खरिद गरेको उक्त एम्बुलेन्स हेटौंडा अस्पतालको सहकार्यमा दैनिक संचालनमा ल्याउने सहमति अनुरुप हस्तान्तरण गरिएको प्रदेश सभा सचिवालयमा सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
उक्त एम्बुलेन्स सचिवालयको परिसरमा राखिएको र प्रदेश सभाको बैठक सधैँ संचालन नहुने भएकोले एम्बुलेन्सलाई अन्य बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरेको सचिव दर्जीले बताए ।
सचिव दर्जीले प्रदेश सभा संचालन भई प्रदेश सभाको सदस्य लगायत कर्मचारीहरुलाई आकस्मिक रुपमा सहयोग चाहिएमा नियमित उपलब्ध गराउने गरी अस्पतालसँग सहमति भएको बताए ।
प्रदेश सभाका सदस्यलगायत कर्मचारीहरुले उपचार सेवाको आवतजावत गर्दा आवश्यक मर्मत सम्हार र इन्धन प्रदेश सभा सचिवालयबाटै उपलब्ध गराउने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस