स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै

१७ असोज, काठमाडौं । विगत दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ ।
प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएपछि सोमवारदेखि बैठक सुचारू हुन सकेको छैन । सोमबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक बस्दै नबसी स्थगित गरिए पछि आज अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो । बैठक अपराह्न ४ बजे प्रदेश संसद भवन हेटौँडामा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस