वरिष्ठ गायिका दिलमाया खातीको निधन



काठमाडौं- वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएकाे हाे।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ