प्रहरी दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग



हेटौंडा – हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमलाई  खाद्यान्न सहयोग गरिएको छ । मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ र लायन्स एण्ड लियो क्लबले संयुक्त रुपमा खाद्यान्न सहयोग गरिएको हो ।

 

चामल, आलु, तेल, नुन, चना लगायत खाद्यान्न सहयोग गरिएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पाैडेलले जानकारी दिए । करिब ७० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पौडेलले बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सभाध्यक्ष तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

क्लबद्वारा निशुल्क दन्त शिविर समेत आयोजना  गरिएको थियो । जसमा २ सय २० जना आश्रितले सेवा लिएका  थिए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ