प्रहरी दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

हेटौंडा – हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ र लायन्स एण्ड लियो क्लबले संयुक्त रुपमा खाद्यान्न सहयोग गरिएको हो ।
चामल, आलु, तेल, नुन, चना लगायत खाद्यान्न सहयोग गरिएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पाैडेलले जानकारी दिए । करिब ७० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पौडेलले बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सभाध्यक्ष तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
क्लबद्वारा निशुल्क दन्त शिविर समेत आयोजना गरिएको थियो । जसमा २ सय २० जना आश्रितले सेवा लिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस