नेपालमा अहिले परराष्ट्र नीति नै नभएको राप्रपा अध्यक्ष लिङदेनको दावी

काठमाडौं, १६ असोज / नेपालमा राजतन्त्रको समाप्तीसँगै परराष्ट्र नीति पनि समाप्त भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन् । राजधानीमा आयोजित परराष्ट्र नीतिसम्बन्धी एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दावी गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, विगत, वर्तमान र भविष्य’ विषायक विचार गोष्ठीको प्रमूख आतिथ्यता गरेका अध्यक्ष लिङ्देन नेपाल यतिबेला शक्ति राष्ट्रहरुको रणनीति निर्माण स्थलको रुपमा देखा परेको पनि जिकिर गरे । नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलको रुपमा परिणत हुने जोखिम बढेको भन्दै उनले शक्ति राष्ट्रहरुको नेपालमा भईरहेको चासोको विषयमा नेपालले प्रष्ट धारणा बनाउन हतार भईसकेको पनि धारणा ब्यक्त गरे ।
यस विषयमा सत्ता पक्षले जतिसक्दो छिटो आफ्नो कमजोरी सच्यानु पर्ने सुझाव पनि सम्बोधनका क्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार र सरोकारवालालाई दिए । त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथि एवं प्रतिनिधि सभाका सदस्य धवलशमसेर राणाले परराष्ट्र नीतिमा कमी कमजोरी भयो भने यसले अनन्तसम्म परराष्ट्र सम्बन्धमा ठूलो प्रभाव पार्न सक्ने सङ्केत गरे । नेपालको परराष्ट्र नीतिका विषयमा आयोजित विचार गोष्ठीमा आफ्नो धारणा ब्यक्त गर्दै भने ‘नेपालको इतिहासलाई हामीले विर्सनु हुदैन । इतिहासको आधारमा नेपालले परराष्ट्र नीति लिनु पर्छ ।’
त्यसैगरी कार्यक्रमका अतिथि सेन्टर फर एसिया स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेले अहिलेसम्म पराधानि बन्नु नपरेको इतिहासमा आधारित नेपालको अबको परराष्ट्र नीति बन्नु पर्नेमा जोड दिए । त्यस्तै अर्का अतिथि परराष्ट्र मामिलासम्बन्धी लेखक अजयभद्र खनालले नेपालमा कुटनीतिलाई सन्तुलित बनाउनका लागि सम्बन्धित मुलुकका सरकारसँग वार्ता गर्न सक्ने क्षमताको विकास नपुगेको बताए । उक्त विचार गोष्ठीको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमूख एवं पार्टीका प्रबक्ता सगुनसुन्दर लावतीको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस