त्रिशुली नदीमा हामफाल्दा हेटौंडाका देबकोटा बेपत्ता



हेटौंडा – त्रिशुली नदिमा हामफाल्दा मकवानपुर हेटौंडाका एक पुरुष बेपत्ता भएका छन् । हेटांडा – २ चौकीटोल बस्ने ३८ बर्षीय निरञ्जन देबकोेटा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशीस्थित नयाँपुलबाट सोमबार बिहान साँढे ६ बजेको समयमा देबकोेटा त्रिशुली नदिमा हामफालेका थिए । उनी बा.प्र. ०३–००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलको बिचमा छाडेर त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

प्रहरीले बेपत्ता देबकोटाको खोजी कार्य गरिहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन