यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने



१५ असोज, काठमाडौं । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मनसुन पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतय मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । तर यसबर्षको मनसुन बाहिरीने मिति नजिकिदैं गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने जनाएकोे छ ।

पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको उहाँले जानकारी दिनुभयो । उहाँले मनसुन बाहिरिने मिति नजिकै रहेकाले एकै दिनमा मौसम बदली भएर बाहिरिने अवस्था आउन सक्ने सम्भावना प्रबल रहने औँल्याउनुभयो ।

महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनेको हो । जसले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । जसले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलामा जल सतह केही बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन भनिएको छ । त्यस्तै खेतीबाली भित्र्याउने बेला पनि भएकाले केही दिनका लागि नभित्र्याउन र खेतबारीमा जमेका पानी हटाउने उपाय अवलम्बन गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ