उपमहानगरले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

हेटौंडा–अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडा पमहानगरपालिकाले उपमहानगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमकाबीच उपमहानगरले वडाबाट सिफारिस भएका प्रति वडाका ५/५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सम्मानका लागि एउटा वडाबाट पाँच जना ज्येष्ठ नागरिक छनाट गर्न वडालाई जिम्मा दिइएकोमा १९ वटा वडाबाट ९५ जना ज्येष्ठ नागरिक सम्मानका लागि छनौट भएका थिए । ती ज्येष्ठ नागरिकलाई एक कार्यक्रमकाबीच उपमाहनगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँसहित वडाध्यक्षहरुको उपस्थितिमा सम्मान गरिएको थियो । उनीहरु प्रत्येकलाई एक/एक थान ब्ल्याङ्केट, लौरो र मोबाइल सेट उपलब्ध गराइएको थियो । कार्यक्रमकाबीच ज्येष्ठ नागरिकहरुले आफ्नो प्रतिभासमेत प्रस्फुटन गरेका थिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :