नेकपा एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्षमा ढुंगेल निर्वाचित

१३ असोज, काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६ सय ९६ मत प्राप्त गरी ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्वअर्थमन्त्री समेत हुन् ।

Advertisement:

ढुंगेलका निकटम प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । यस्तै निर्वाचनमा चितवनका दावादोर्जे लामा उपाध्यक्षमा विजयी भएका छन् । लामाले ६ सय १५ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा ललितपुरका नवराज सिलवाल विजयी भएका छन् । सचिवमा सिलवाल एक मतले विजयी भएका हुन् । सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा प्रतिस्पधी हस्त पण्डितले ५सय ६७ मत प्राप्त गरेका थिए । यस्तै उपसचिवमा प्रेमकुमार महर्जन ५ सय ९९ र भक्त कुमारी लामा ५सय ३६ मतसहित बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :