यस वर्षको मनसुन केही दिन ढिलो गरी बाहिरिने

यस वर्षको मनसुन केही दिन ढिलो गरी बाहिरिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी मनसुनको बहिर्गमनमा ढिलो हुने उल्लेख गरेको हो। नेपालबाट प्रायः अक्टुबर २ अर्थात असोजको दोस्रो साताभित्र मनसुन बाहिरिने गरेको छ।
यस वर्ष ढिलो गरि नेपाल भित्रिएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जून हो। यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको थियो।
महाशाखाले मनसुनको बहिर्गमन प्रक्रियालाई नियमित अनुगमन गरिरहेको जनाएको छ। मनसुनको ढिलाइले गर्दा केही दिन वर्षा हुने महाशाखाको आकलन छ।
यससँगै हाल बंगालको खाडीको उत्तर पश्चिम भागमा विकास भइरहेको न्यून चापीय उत्तर पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरेर कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक दिुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने विभागको अनुमान छ।
मनसुनको ढिलाइ र न्यून चापीय रेखाका कारण वर्षा हुँदा पहाडी भूभागमा पहिरो जाने, ठूला तथा साना नदी, खालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस