उडान नियम उल्लंघन गर्ने २ कम्पनीका हेलिकप्टर उडानमा रोक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टरको उडानमा रोग लगाएको छ ।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने हेलिकप्टर उडाएपछि दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।
यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर रहेका छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।
यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस