पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना



pakistani-helicopter-crash

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ। सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो।

देशको सबैभन्दा ठूलो उक्त प्रान्तमा पाकिस्तानी सुरक्षाफौज दशकौँदेखि पृथकतावादीसँग लडिरहेको छ । बलुचिस्तानमा ठूलो मात्रामा चिनियाँ लगानी आयोजना सञ्चालित छन्। ती आयोजनालाई पृथकतावादी लडाकुहरूले नियमित रूपमा आक्रमण गर्न थालेपछि सुरक्षार्थ सरकारी सेना परिचालन भएका छन्।

गत वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा छ सैनिकको मृत्यु भएको थियो भने एक महिना अघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य छ जनाले ज्यान गुमाएका थिए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ